728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    ओरालीदै सुनको भाउ ।

    काठमाडौ–एकसाता यता सुनको भाउमा निक्कै उत्तरचढाव देखिएको छ । अन्तर्राष्ट्रिय बजार मुल्यको प्रभाव परेपछि तोलाको ५९ हजार रुपैयाँसम्म कारोवार भएको सुन वुधवारवाट भने घट्नेक्रममा रहेको छ । सुनको भाउ नेपाली वजारमा विहीवार तोलामा एक सय रुपैयाँ घटेको छ । 

    सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीवार छापावाल सुन तोलाको ५८ हजार ७ सय, तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० र चाँदी ९ सय १० रुपैयाँ प्रति तोला कारोवार भएको छ ।
    वुधवार सुनको भाउ प्रति तोला २ सय रुपैयाँ घटेको थियो । यो दिन तोलाको ५८ हजार ८ सयसम्म सुनको कारोवार भएको थियो । तर, मंगलवार भने सुनको भाउ तोलाको ५९ हजार रुपैयाँ थियो ।
    व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय प्रभावसंगै यो महिना विवाहको सिजन पनि भएकाले नेपाली वजारमा सामान्यतया भाउ वढ्ने गरेको छ । तर, असार मसान्त भईसकेकाले वजार भाउ घट्न थालेको अनुमान छ । साउन महिना सुनको कारोवार कम हुने गरेपनि भदौमा तीज पर्नेभएकाले कारोवार बढ्ने गरेको व्यवसायी वताउँछन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओरालीदै सुनको भाउ । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top