साउन २ – फ्रान्समा गएको हप्ता सकिएको युरोकप २०१६ मा भएका गोल मध्ये आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले उत्कृष्ट १० गोलको सूची सार्वजनिक गरेको छ ।

युइएफएले युरोकप २०१६ का उत्कृष्ट १० गोल शुक्रबार सार्वजनिक गरेको हो । उत्कृष्ट १० गोलमा च्याम्पियन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका दुई गोल परेका छन् ।
रोनाल्डोले समूह चरण अन्तर्गत हंगेरीसँगको खेलमा गरेको गोल पाँचौं नम्बरमा परेको छ भने सेमिफाइनलमा वेल्ससँगको खेलमा गरेको गोल आठौं नम्बरमा परेको छ ।
युरोकप २०१६ का उत्कृष्ट १० गोल
- १) जार्डन शकिरी (स्वीट्जरल्याण्ड)–स्वीट्जरल्याण्ड भर्सेस पोल्याण्ड (अन्तिम १६)
- २) हाल रोब्सन कानु (वेल्स)–वेल्स भर्सेस बेल्जियम (क्वाटरफाइनल)
- ३) दिमित्री पेयट (फ्रान्स)–फ्रान्स भर्सेस रोमानिया (समूह चरण)
- ४) मारेक हामसिक (स्लोभाकिया)–स्लोभाकिया भर्सेस रुस (समूह चरण)
- ५) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)–पोर्चुगल भर्सेस हंगेरी (समूह चरण)
- ६) एडर (पोर्चुगल)–पोर्चुगल भर्सेस फ्रान्स (फाइनल)
- ७) एन्टोनी ग्रिजम्यान (फ्रान्स)–फ्रान्स भर्सेस आइसल्याण्ड (क्वाटरफाइनल)
- ८) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)–पोर्चुगल भर्सेस वेल्स (सेमिफाइनल)
- ९) इडन हजार्ड (बेल्जियम)–बेल्जियम भर्सेस हंगेरी (अन्तिम १६)
- १०) रोमेलु लुकाकु (बेल्जियम)–बेल्जियम भर्सेस रिपब्लिक अफ आयरल्याण्ड (समूह चरण)
0 comments:
Post a Comment