728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    वि.सं. २०७३ साल साउन २ गते। आइतबार। इश्वी सन् २०१६ जुलाई १७ तारिख -


    वि.सं. २०७३ साल साउन २ गते। आइतबार। इश्वी सन् २०१६ जुलाई १७ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– त्रयोदशी, २७:३९ बजेउप्रान्त चतुर्दशी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अपराह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। तर कामको चाप बढ्नाले थकित भइएला। आफ्नो काम स्थगित हुन सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। मेहनत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। अरूको विश्वासमा पर्दा धोका पाइएला। मध्याह्नपछि स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। काममा समय दिन नसकिएला। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। अर्थ अभावले योजना रोकिन सक्छ। श्रमको मूल्य थोरै मात्र प्राप्त हुनेछ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    प्रयत्न गर्दा मनग्य लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ। प्रतिद्वन्द्वीहरू पराजित हुनेछन्। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ|
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नुहोला।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ। तर लक्ष्य प्राप्त गर्न भने मुस्किलै देखिन्छ।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने मौका छ। मेहनतले मनग्य लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    लगनशीलताले प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। मध्याह्नदेखि सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। मध्याह्नपछि आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि मनग्य आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। अपराह्नपछि अवसर मिले पनि ठूलो आर्थिक लाभ नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। मेहनतले फाइदा दिलाउनेछ।

    लाईट नेपालबाट साभार 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वि.सं. २०७३ साल साउन २ गते। आइतबार। इश्वी सन् २०१६ जुलाई १७ तारिख - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top