728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    ओलीले फाले अर्को अस्त्र : देउवा र पौडेलपछि संशाकलाई प्रधानमन्त्री अफर

    काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला बालुवाटारमै बसेर एकपछि अर्को तानाबाना बुन्दै छन् । प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा प्रधानमन्त्री ओलीविरुद्ध संसदमा बुधबार अविश्वासको प्रस्ताव पेश गरिसकेपछि ओली यतिवेला आफ्नो बचाउको लागि विभिन्न परामर्शमा व्यस्त छन् ।


    खासगरी उनको पार्टी नेकपा एमालेभित्रै ओलीको कदम गलत रहेको र तत्काल पदबाट राजिनामा नदिए पार्टीलाई दिर्घकालिन असर पर्ने तर्क बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले गरेका छन् । त्यतिमात्रै नभएर ओली सरकार गठनको सेतुका रुपमा काम गरेका उपाध्यक्ष वामदेव गौतमले समेत ओली एकलौटी ढंगले चलेको र गठबन्धन सरकारको मुलमर्म र भावनालाई लत्याएकोले यो अवस्था आएको आरोप लगाएका छन् । गौतमले त सार्वजनिक रुपमै ओलीले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।

    तर ओली भने यतिवेला कुनै हालतमा राजिनामा नदिने बरु संसदको फेस गर्ने तयारीका साथ जुटेका छन् । उनले बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा समेत माओवादीविरुद्ध कडा आलोचना गरेका थिए । बैठकमा ओलीले काँग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धन देशीविदेशी शक्तिको ईशारामा बनेको भन्ने सम्मको आरोप लगाए । उनले सांसदहरुलाई पार्टीको निर्णय बमोजिम एक ढिक्का भएर अविश्वासको प्रस्तावको सामना गर्न निर्देशन दिएका छन् ।

    कतिसम्म भने ओलीले देउवा र प्रचण्डले यो राजनीतिक लडाईमा हार्नेसमेतको दाबी आफ्ना नजिकका नेताहरुसँग दाबी गरेका छन् । अंकगणितीय हिसावले ओली यतिवेला अल्पमतमा छन्, तर संवैधानिक रुपमा उनले संसद फेस गर्छु भन्नु पनि न्यायसंगत नै देखिन्छ । अविश्वासको प्रस्ताव म्याच्युोड हुन करिब एक साता लाग्नेछ । यो विचको ग्याप समयमा उनी विभिन्न विज्ञहरुसँगको परामर्शमा होमिएका छन् । कहिले कानुनका ज्ञातासँग घण्टौ बैठकमा होमिन्छन् तर कहिले राजनीतिक विश्लेषकहरुसँग ।

    खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विरुद्धमा ओली देखिएका छन् । उनी जसरी भएपनि प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने दाउमा छन् । यो विचमा उनले काँग्रेस सभापति शेर बहादुर देउवालाई नै फोन गरेर सरकारको नेतृत्व लिन तयार हुनोस नेकपा एमाले तपाईको पक्षमा छ भन्दै प्रचण्डलाई देखाईदिने खालको अस्त्र फालेका थिए । जवाफमा देउवाले अब निके ढिला भैसकेको र काँग्रेसले सहमतिको राजनीतिलाई नलत्याउने भनेपछि ओली जिल्ल परेका थिए । ओलीको उक्त कदम सहमतिय राजनीतिलाई बढावा दिनेभन्दापनि प्रचण्डलाई देखाउने राजनीतिक ईगोको अस्त्र थियो । देउवा र प्रचण्डले ओलीको अस्त्रलाई ७ बुँदे सम्झौता गर्नुभन्दा पहिले नै राम्रोसँग मूल्यांकन गरेको काँग्रेस निकट स्रोतले बताएको छ ।

    त्यतिमात्रै नभएर ओलीले काँग्रेसभित्रै प्रधानमन्त्रीको आकांक्षीको रुपमा रहेका बरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत फोन गरेर तपाई अघि बढ्नुहोस म साथमा छु भनेर अर्को अस्त्र फाले तर नेता पौडेलले पनि काँग्रेस धेरै अघि बढीसकेकोले अब व्याक हुने अवस्था नरहेको प्रतिक्रिया दिएपछि ओली निकै तनाव देखिए । उनले एमाले बरिष्ठ नेताहरुलाई प्रचण्डलाई जसरी भएपनि यसपटक काँग्रेससँगको गठबन्धन टुटाएर सडकमा झार्नेगरि कदम चाल्नुपर्ने भन्दै तानाबाना बुन्न लगाएका छन् ।

    ह्ुँदाहुँदै अब पौडेलले समेत प्रधानमन्त्रीको पद अस्विकार गरेपछि अस्पतालबाट भर्खरै डिस्चार्च भएका काँग्रेस महामन्त्री एवम् विपी पुत्र डा. शंशाक कोइरालालाई प्रधानमन्त्रीको अस्त्र फालेका छन् । ओलीले हिजो साँझ कोइरालालाई फोन गरेर प्रधानमन्त्रीको लागि अघि बढ्नुहोस हामी पूर्ण साथमा छौं भन्दै आश्वासन दिएका थिए । यद्धपी महामन्त्री कोइरालाले एस वोर नो को प्रतिक्रिया भने दिएनन् । उनलाई ओलीले काँग्रेसभित्र बहुमत जुटाउनुहोस नेकपा एमालेले साथ दिन्छ भन्दा महामन्त्री कोइरालाले फोनमै भने,“थ्यांक यू सो मच फोर रिक्योस्टिँग मि फर द पोष्ट अफ पिएम, बट आई विल ‘‘‘”



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलीले फाले अर्को अस्त्र : देउवा र पौडेलपछि संशाकलाई प्रधानमन्त्री अफर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top