728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    काबुल घटनामा मारिएकालाई क्षतिपूर्ति दिन क्यानडा उदासीन

    असार २३, २०७३- मानवताको विषयमा संवेदनशील भनेर प्रचार गरिएका क्यानडेली प्रधानमन्त्री जस्टिन टुन्ड्रोले आफगान घटनामा परेका नेपालीप्रति भने त्यस्तो संवेदनशीलता देखाउन कन्जुस्याइँ गरिरहेका छन् ।



    अफगानिस्तानमा रहेको क्यानडेली दूतावासको सुरक्षामा खटिएका नेपालीहरू आतंककारी आक्रमणमा परी मारिएको घटनाबारे ट्विट गर्दै दु:ख व्यक्त गरेका भए पनि क्षतिपूर्ति दिने सवालमा भने नेपाल सरकारले गरिरहेको प्रयासलाई उनको सरकारले सुनेको छैन

    दुई साताअघि (असार ६ गते) अफागानिस्तानमा नेपाली सुरक्षा गार्ड चढेको बसमा बम हमला हुँदा १३ नेपालीको निधन भएको थियो । उनीहरू बेलायती कम्पनी साब्रे इन्टरनेसनल अन्तर्गत रहेर क्यानडेली दूतावासको सुरक्षामा खटिएका थिए । उक्त कम्पनीले क्यानडा सरकारसँग सम्झौता गरेर उनीहरूलाई सुरक्षामा खटाएको थियो ।

    कम्पनीबाट पाउने सेवा सुविधाबाहेक अन्य थप क्षतिपूर्तिका लागि नेपालले क्यानडेली सरकारसँग आग्रह गरेको हो ।

    क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरलले उच्चस्तरको भेट नपाउँदा क्षतिपूर्ति दिलाउने कुरामा समस्या परिरहेको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । घटना भएको भोलिपल्टै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित क्यानडेली नियोगसँग नेपाली दूतावासले छलफल अघि बढाएको भए पनि ठोस उपलब्धि हासिल भएको छैन ।

    अहिलेसम्म नेपालले क्षतिपूर्तिका लागि क्यानडासँग मौखिक कुरा गरे पनि लिखित रूपमा पत्राचार समेत गरेको छैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्र मन्त्री र सचिवस्तरबाट पनि क्षतिपूर्तिका लागि कूटनीतिक पहल भइरहेको छ ।ekantipur


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: काबुल घटनामा मारिएकालाई क्षतिपूर्ति दिन क्यानडा उदासीन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top