728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    ओलीले राजीनामा दिन नमानेपछि माओवादीले गर्यो कडा निर्णय, बजेट रोक्ने

    काठमाडौं, ३१ असार । सरकारबाट समर्थन फिर्ता लिँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपछि नेकपा माओवादी केन्द्रले बजेट पारित हुन नदिने निर्णय गरेको छ ।
    व्यवस्थापिका संसद सचिवालयका अनुसार आज बजेटसम्बन्धि विधेयकहरु पारित गर्ने कार्यसूची थियो । तर, माओवादीको यो निर्णयसँगै आज बजेट पास नहुने भएको छ ।45
    शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रको बैठकले कांग्रेस र माओवादीद्धारा प्रस्तुत अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित विधेयकहरु पारित हुन नदिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
    उनका अनुसार ओली सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनैपनि विधेयक पारित गर्न नदिने निर्णयमा माओवादी पुगेको हो ।
    dainiknepal
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलीले राजीनामा दिन नमानेपछि माओवादीले गर्यो कडा निर्णय, बजेट रोक्ने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top