728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    नीजी गाडी दुर्घटना गराएर चालक फ़रार ।


    काठमाडौं, ३ साउन – रसुवाको राम्चे गाविस १ मुलखर्कमा एक नीजि गाडी दुर्घटना गराएर चालक फरार भएका छन् ।
    सोमबार साँझ बा १४च ७६४९ नम्बरको जीप भीरबाट खसालेर चालक फरार भएका हुन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका डिएसपी दर्शन गिरीले चालकले बिमा बापतको रकम दाबी गर्नका लागि जानाजान दुर्घटना गराएको हुने सक्ने बताए ।
    गिरीले निकै पुरानो जीप स्थानान्तरणपछि नयाँ नम्बर राखिएको खुल्न आएको बताए ।
    जिप भीरबाट करिब ५० मि तल खसेको थियो । प्रजिअ कृष्णप्रसाद अधिकारीले पनि नीजि गाडी दुर्घटना भएको र कुनै मानविय क्षतिभएको नपाइएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नीजी गाडी दुर्घटना गराएर चालक फ़रार । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top