728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    ‘खेल अझै बाँकी छ’भन्दै ओलीले चेतावनी दिएपछि खैलाबैला

    काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपनि ‘खेल अझै बांकी’ रहेको भन्दै अविश्वास प्रस्ताव दर्ता गर्नेहरुलाई सचेत हुन सुझाव दिएका छन ।

    सत्ता गठबन्धनबाट फिर्ता भएको भोलीपल्टै एमाओवादी, कांग्रेस सहितका केही साना दलले बुधवार संसदमा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    ‘म माथि जे जस्ता आरोप लगाएर अविश्वासको प्रस्ताव ल्याइएको छ, त्यसलाई स्वीकार गरेर राजीनामा दिन्न’, ओलीले विहीवार एमाले संसदीय दलको बैठकमा भने, ‘खेल अझै बांकी छ । अविश्वास ल्याउनेहरु सतर्क होउन ।’

    झण्डै डेढ घण्टा भाषण गरेका ओलीले खेल के कस्तो होला भनी स्पष्ट नगरेपनि नयाँ सरकार बन्ने बाटो नरहेको धारणा बारम्वार दोहोर्याएको एमालेका एक सांसदले जानकारी दिए । ‘माधव नेपालले सात महिना कामचलाउ सरकारको नेतृत्व गर्नुभयो । अहिलेको सरकारले कति समय लिनुपर्ने हो ?’ ओलीको भनाई उदघृत गर्दै ती सभासदले भने, ‘राजीनामा दिन्न, करकापनामा पनि स्वीकार गरिन्न ।’

    झण्डै आधा घण्टा भारतविरुद्ध भाषण गरेका ओलीले चीनसँग सन्धी सम्झौता गरेर मुलुकलाई भारतवेष्ठितबाट सांचो अर्थमा भुपरिवेष्ठित बनाइएको दावी गरेका थिए । ‘हामी स्वतन्त्र भारतको सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनताको सधैं सम्मान गर्छौ । उसले पनि हाम्रो राष्ट्रियता,सार्वभौमसत्ता र स्वाधीनतामा हस्तक्षेप नगरोस भन्ने हाम्रो भनाइ हो’, प्रधानमन्त्री ओलीले भनेका थिए ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘खेल अझै बाँकी छ’भन्दै ओलीले चेतावनी दिएपछि खैलाबैला Rating: 5 Reviewed By: Unknown
    Scroll to Top