728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    यसकारण अविश्वासको प्रस्ताव सामना गर्दैछन् ओली ?

    काठमाडौं–प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो रोजेका छन् ।

    ओलीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र माओवादी केन्द्रले बुधबार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अल्पमतमा परिसकेपछि राजीनामाको सट्टा ओली किन अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे ? यसका पछाडि केही कारण छन् ।

    संसद्मा विश्वासको मत आर्जन गरेर सरकारलाई निरन्तरता दिन सकिने सम्भावना देखेर ओलीले राजीनामा नदिएका होइनन् । जति गरे पनि आफ्नो पक्षमा बहुमत नपुग्ने उनले राम्ररी बुझेका छन् । तर उनी आफ्नो सरकारको औचित्य संसद्मा पुष्टि गराउन चाहन्छन् । त्यसैले राजनीतिक वक्तव्यबाट समर्थन फिर्ता लिएको विषय संसदीय प्रक्रियामा प्रवेश गरोस् भन्ने उनको मनसाय छ ।

    संसद्मा प्रवेश गराएपछि अविश्वास प्रस्तावमाथि बहस हुन्छ । उक्त बहसमा दुवै पक्षका सांसदहरूले आफ्नो कुरा राख्न सक्छन् । यस्तो अवस्थामा सरकारको औचित्य पुष्टि गर्न संसद् गतिलो ‘प्लेटफर्म’ हुने भएकाले ओलीले त्यसलाई प्रयोग गर्न चाहेका हुन् ।

    अविश्वासको प्रस्ताव आउनुको कारणलाई संसदीय प्रक्रियाबाटै खण्डन गर्न पनि ओली यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् । ‘सरकारविरुद्व अविश्वासको प्रस्ताव आएपछि संविधान र कानुनअनुसार त्यसलाई सामना गर्छौं,’ कानुनमन्त्री अग्नि खरेलले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यसकारण अविश्वासको प्रस्ताव सामना गर्दैछन् ओली ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top