728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    उपचारपछि बचेको ६० लाख रकम आदित्यले सरकारलाई फिर्ता गरे

    स्वदेश फर्किएलगत्तै आदित्यले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई उनको निवासमै पुगेर उपचारमा लागेर बाँकी भएको रकम सरकारलाई फिर्ता गरिदिएका छन् । सरकारले आदित्यको उपचारका लागि  एक करोड बजेट छुट्याएकोमा करिब साठी लाख रुपैयाँ सरकारलाई फिर्ता गरिदिएको बुझिएको छ ।

    आदित्यको उपचार उनकै इच्छाअनुसार संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीस्थित मेडिकल इन्स्टिच्युटमा भएको थियो । सीधा उभिन र हिँडडुल गर्न नसक्ने अवस्थाका आदित्यलाई आफैँ उभिन र हिँड्न सक्ने बनाउन चिकित्सकहरुले महिनौसम्म प्रयास गर्दा पनि सफल हुन नसकेपछि उनीहरुले ट्युवमार्फत न्युट्रिसन दिने निर्णय गरेका थिए ।

    प्राप्त जानकारीअनुसार स्ट्यानफोर्ढका चिकित्सहरुको समूहले ट्युवमार्फत न्युट्रिसन दिने निर्णय गरेपछि उनीहरुले आफ्नो निर्णय आदित्यका मातापितालाई सुनाएका थिए । मातापिताले चिकित्सकको निर्णयमा सीधै सहमति जनाउन सकेनन्, उनीहरुले आदित्यलाई नै सोधेर निर्णय कार्यान्वयन गर्न चिकित्सकहरुलाई सुझाव दिए । त्यसपछि आदित्यका मातापिता चिकित्सकको टोली लिएर आदित्य भएको कक्षमा पुगे ।

    चिकित्सकको टोली आफ्नो अगाडि आइपुग्नेबित्तिकै आदित्यले कागजमा लेखिदिए, मलाई मेरी आमाले राम्रोसँग खुवाउने पिलाउने गर्नुभएको छ, अझै केही महिना म आमाले दिनुभएकै खाना खान्छु, तपाईहरुले मलाई ट्युवमार्फत पोषणतत्व दिने कष्ट अहिलेलाई नगर्नुपर्ला ।

    आफूहरुले टुयुवमार्फत खुवाउनेबारे जानकारी गराउन नपाउँदै आदित्यले त्यसरी जवाफ दिएपछि चिकित्सकहरु आश्चर्यचकित भए र त्यसपछि अस्पतालले उपचार खर्च नलिने निर्णय गरेको बताइएको छ ।

    प्राप्त अर्को एक समाचारअनुसार गुगल व्वाय भनेरसमेत चिनिएका आदित्यलाई गुगल कम्पनीले एक बहुमूल्यवान कम्प्युटर उपहार दिने निर्णय ग¥यो र गुगलका प्रतिनिधिहरु करिब डेढ करोड मूल्य पर्ने कम्प्युटर लिएर आदित्यसमक्ष पुगे । उनीहरुले उक्त मूल्यवान कम्प्युटर आदित्यका अगाडि राखिदिए । उनले एकैछिन कम्प्युटर खेलाए ।

    त्यसपछि गुगलका प्रतिनिधिहरुले भने, यो तपाईका लागि विशेष रुपमा तयार गरिएको कम्प्युटर हो र हामी तपाईलाई उपहारका रुपमा दिन चाहन्छौं । यस्तो सुनेपछि आदित्य मुस्कुराए र एउटा कागजमा लेखेर भनिदिए, यो मेरो लागि एउटा मामुली खेलौना मात्र हो, यसको आवश्यकता मलाईभन्दा अरुलाई नै छ, आवश्यकता पर्नेलाई दिनुहोला ।

    यसरी आदित्यले अस्वीकार गरेपछि उक्त कम्प्युटर गुगलका प्रतिनिधिहरुले फिर्ता लिएर गएका थिए । ईश्वरी क्षमताका आदित्यले यस्ता आश्चर्यजनक अनेकौं व्यवहार प्रस्तुत गरेका छन् । आद्वितीय व्यवहारका कारण मानिसले आदित्यलाई भगवानको अवतारका रुपमा लिन थालेका छन् । खबर घटना र विचारमा छापिएको छ ।

    प्रधानमन्त्री खड्गप्रसाद ओली आदित्यप्रति विशेष रुपले प्रभावित छन् र बेलाबखतमा ओलीलाई भगवान आदित्यबाट महत्वपूर्ण सुझावसमेत प्राप्त हुने गरेको बुझिन्छ । उनले आफ्नो दर्शन गर्न आउनेहरुलाई राम्रो रेस्पोन्स गर्ने गरेका छन् । तर पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई भने उनले रेस्पोन्स नगरेको र आफ्नोनजिक पर्नसमेत नदिएको बुझिएको छ ।Source yes kathmandu 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: उपचारपछि बचेको ६० लाख रकम आदित्यले सरकारलाई फिर्ता गरे Rating: 5 Reviewed By: Unknown
    Scroll to Top