728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    ‘प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छ’

    नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि एमालेले त्यसो नगर्ने बताएका छन् ।

    प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले एमाले संसद विघटन गर्ने खेलमा लागेको भनेर हल्ला चलाएर बदनाम गर्न खोजिएको बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।


     
    ‘अहिले एमाले संसद विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ, म त्यो हल्ला गर्ने साथीहरुलाई भन्न चाहन्छु, त्यो अधिकार प्रधानमन्त्रीसँग छ, उनले भने तर, एमाले संसद विघटन गरेर जनप्रतिनिधिविहीनताको अवस्था आउँदा मुलुकले भौग्नुपरेको नियतिबारे जानकार छ । ‘उनले हिजो विघटन गर्नेहरु नै आज हल्ला फिजाइरहेको दाबी गरे ।

    सचिव ज्ञवालीले संविधानको धारा पष्टतामा टेकेर सरकार टिकाउने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे । संसदभित्रै जनताले थाहा पाउने गरी एमालले राजनीतिक लडाईं लड्ने उनको भनाइ छ ।

    उनले कांग्रेस माओवादी गठबन्धलाई नाटकीय , रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी प्रभाव पर्ने षड्यन्त्रको संज्ञा दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक अवसरलाई अहिलेसम्म कसैले बुझु्न नसकेको उनको भनाइ थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छ’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top