728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    फिफा फुटबल बरियतामा नेपाल ६ स्थान तल, वेल्सको छलाङ

    काठमाडौं, असार ३० – विश्व फुटबल बरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो । 

    दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । १ सय ५० औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ । भारत १ सय ५२ औँ, माल्दिभ्स १ सय ७४ औँ र बंगलादेश १ सय ८३ औँ स्थानमा छन् । यस्तै भुटान १ सय ९२ औँ, श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९४ औँ स्थानमा छन् । 

    वरियतामा गएको महिनाभन्दा १५ स्थान माथि चढ्दै वेल्स ११ औँ स्थानमा उक्लिएको छ । फ्रान्सले पनि पहिले भन्दा १० स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ । वेल्स युरो कप २०१६ को सेमिफाइनल र फ्रान्स फाइनल पुगेकाले वरियतामा सुधार भएको हो ।

    यस्तै गएको महिनाभन्दा दुई स्थान माथि चढ्दै पोर्चुगल छैठौँ स्थानमा उक्लिएको छ । स्पेन र ब्राजिल भने पहिले भन्दा दुई स्थान तल झरेका छन् । यस्तै न्यूजिल्याण्डले सबैभन्दा राम्रो सुधार गरेर ५४ स्थान माथि उक्लँदै ९३ औँ स्थानमा पुगेको छ । यसै वर्षदेखि फिफा वरियतामा स्थान पाएको कोसोभो १ सय ९० औँ स्थानमा छ ।

    यि हुन उत्कृष्ट १५ देश 

    • अर्जेन्टिना
    • बेल्जियम 
    • कोलम्बिया 
    • जर्मनी 
    • चिली 
    • पोर्चुगल
    • फ्रान्स
    • स्पेन 
    • ब्राजिल 
    • इटाली 
    • वेल्स 
    • उरुग्वे 
    • इंग्लाण्ड
    • मेक्सिको 
    • क्रोयसिया

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फिफा फुटबल बरियतामा नेपाल ६ स्थान तल, वेल्सको छलाङ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top