728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    पोर्चुगाली टिमको भव्य स्वागत ।

    असार २८, २०७३- पूरा एक रातको खुसियालीपछि नयाँ युरोपेली च्याम्पियन पोर्चुगल सोमबार आफ्नो देश फर्केको छ । क्रिस्टियानो रोनाल्डोसहितको टिमलाई भव्य स्वागत गरिएको थियो । पूरा देश भने फ्रान्समाथिको अप्रत्याशित जितले महोत्सवको मनसायमा थियो । दसौं हजार फुटबल समर्थक लिस्बनको बाटोमा ओर्लिए । उनीहरूको हातमा रातो र नीलो रङको राष्ट्रिय झन्डा थियो । पोर्चुगाली टिम भने विशेष विमानबाट पोर्चुगल फर्केको थियो ।

    आफ्नो देशले जितेको पहिलो ठूलो फुटबल उपाधिसहितको टिमलाई स्वागत गर्न हजारौं समर्थक विमानस्थलसम्म पुगेका थिए । रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस ट्रफीसहित विमानबाट पहिलोपल्ट ओर्लिए । फाइनलमा ‘म्यान अफ द म्याच’ डिफेन्डर पेपे त्यसपछि देखिए । उनका पछाडि पूरा टिम बाहिर निस्केको थियो । सबै २३ सदस्यीय खेलाडी त्यसपछि ‘ओपन टप’ बसमा बसेर विजयी जुलुसमा सामेल भए । त्यस अगाडि टिमले राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई भेटेको थियो ।

    फाइनलमा पराजित रहेर निराश फ्रान्सेली टिमले पनि आफ्ना देशका नेतालाई भेटेको थियो । तर वातावरण भने भिन्न थियो । फ्रान्सेली राष्ट्रपति फ्रान्सिस होलान्डले टिमलाई औपचारिक दिवाभोजको व्यवस्था गरे । सम्भावित जितको आसमा फ्रान्सेली टिमलाई पनि बसमा राखेर नगर घुमाउने योजना थियो । तर त्यो सम्भव भएन । फ्रान्सेली फुटबल पदाधिकारी भने तत्काल फाइनलमा टिमको हारको कारण खोज्न व्यस्त भइसकेका थिए ।कान्तिपुरबाट साभार 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पोर्चुगाली टिमको भव्य स्वागत । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top