काठमाडौं, ३१ असार । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका सुशील अधिकारी प्रविधि प्रयोगमा सरदर तन्नेरीभन्दा पछि छैनन् । स्मार्टफोन बोक्ने उनी मोबाइलबाटै इन्टरनेटको दुनियाँ चहार्छन् ।
कहिलेकाहीँ केही इबजारबाट सामान अर्डर पनि गर्छन् । ट्याब र कम्प्युटर उनका दैनिक आवश्यकता बस्तु जस्तै भएका छन् । तर, बैंक खातामा रहेको आफ्नो पैसा निकाल्नुपर्यो भने उनले ल्याप्चे नै लगाउनुपर्छ ।
पैसा निकाल्नुपर्दा उनी चेक बोकेर बैंकमै पुग्छन् । र, बैंक कर्मचारीसामू चेकमा ल्याप्चे लगाउँछन् । बुढे औंलामा लागेको मसी कपालमा लगेर पुछ्छन् र पैसा बोकेर फर्किन्छन् । दृष्टिविहीन सुशील प्रतिनिधि पात्रमात्रै हुन् ।
पढेलेखेको, प्रविधिमा अभ्यस्त भएका र देश विदेशमा घुमेका अधिकांश दृष्टिविहीनलाई समेत सरकारी र निजी कुनै पनि बैंकले एटीएम सुविधा दिएका छैनन्। एटीएम कार्ड प्रयोग गर्न नसक्ने भएर उनीहरुलाई बैंकले त्यस्तो सुविधा नदिएको भने होइन ।
सुशील युरोप, अमेरिका गएका बेला एटीएम कार्डबाटै आर्थिक कारोबार गर्छन्, तर नेपालमा भने एटीएम प्रयोग गर्न पाउँदैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments:
Post a Comment