728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    राष्ट्रपति र सभामुखलाई उस्काउँदै शीर्ष दल



    काठमाडौं,३ साउन । नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन् । १० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको हो ।
    नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो मान्छे भएको भन्दै संविधानमा नयाँ सरकार बन्ने कुनै पनि व्यवस्था छैन भनिरहेको छ भने नेकपा माओवादी केन्द्रले सभामुखले आफ्नो कुरालाई स्वीकार गर्ने आंकलन गरी अविश्वासको प्रस्ताव बाहेक अन्य विषयमा व्यवस्थापिका संसद चल्न नदिने रणनीतिमा लागेको पाइन्छ ।

    एमाले समर्थितहरुले संविधानको धारा टेकर राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्ने भनी आवाज निकालिरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रपति र सभामुखलाई उस्काउँदै शीर्ष दल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top