728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    केसीको अनसनमा बि पी प्रतिष्ठानका विद्यार्थीको ऐक्यबद्धता

    BP student (1)
    धरान— चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सक डा.गोविन्द केसीको आठौं आमरण अनशनमा बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थीहरुलेपनि ऐक्यबद्धता जनाएका छन् ।
    डा.केसीका अघिल्ला अनशनहरुमा समेत साथ दिंदै आएका प्रतिष्ठानका विद्यार्थीहरुको ‘प्रा.डा.गोविन्द केसी ऐक्यबद्धता समूह’ले बुधबार साँझ प्रतिष्ठानको जिओपिडी भवन अगाडी ‘आई एम विथ जि केसी’ लेखेर मैनवत्ती बाली ऐक्यबद्धता जनाएका हुन् ।
    आफ्नो परिक्षाको बेलापनि समय निकाले अनशन अवधिभर दैनिक मैनवत्ती बाली ऐक्यबद्धता जनाउने उनीहरुले बताएका छन् ।
    उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ  ‘‘नेताहरु बिरामी हुँदा विदेशका महँगा अस्पताल पुग्लान् तर कर्णालीमा सिटामोल कहिले पुग्ने ? माफियाहरुको सञ्जालबाट मेडिकल क्षेत्र मुक्त गर्न, गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न, माथेमा प्रतिवेदन र चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा विलम्ब नगरी विश्वासीलो एवं गुणस्तरीय स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाको निम्ति हामी डा.केसीको साथमा छौं ।’’
    विद्यार्थीहरुले डा.केसीमा मागलाई वेवास्ता नगर्न र आफुहरुको कदमलाई आगोको सानो झिल्को नठान्न पनि सरकरलाई चेतावनी दिएका छन् ।

    BP student (3)BP student (2)

    Swasthya khabar 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: केसीको अनसनमा बि पी प्रतिष्ठानका विद्यार्थीको ऐक्यबद्धता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top