728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    प्रधानमन्त्रीकै वकिलले भने– अब ओली जसरी पनि गए

    काठमाडौं, १ साउन ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि महान्यायधिवक्ता हरि फुँयालले प्रधानमन्त्री केपी ओलीलाई दुईवटा विकल्प सुझाएका छन् । संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएकोले संसदमा अविश्वसाको प्रस्तावको सामना गर्न उनको पहिलो सुझाव छ । प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिने क्रममा राजीनामा दिनुपर्ने फुयाँलको अर्को सुझाव छ । यसो गर्दा अविश्वासको प्रस्ताव पारित नहुँदै प्रधानमन्त्रीले राजीनामा दिनेछन् । संविधानको धारा २९८ को आठमा प्रधानमन्त्रीले राजीनामा दिएमा, विश्वासको मत लिने क्रममा फेल भएमा र अविश्वासको प्रस्ताव पारित भएमा पदमपुक्त हुने सक्ने व्यवस्था छ–फुयाँलले भने अविश्वासको प्रस्ताव दर्ता भइसकेकोले फेस गरेर पदमुक्त हुने या अविश्वासको प्रंस्ताव छलफल भइसकेपछि रोस्ट्रममा उभिएर राजनीमा दिने दुईबाहके अरु विकल्प प्रधानमन्त्रीसाँग छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्रीकै वकिलले भने– अब ओली जसरी पनि गए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top