728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    बुटवल उपमहानगरपालिका चौथो पटक सर्बोत्कृष्ट नगर घोषणा

    रुपन्देही ३० असार -देशभरका २ सय १७ नगरपालिका हरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार चौथो पटक देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ ।

    बिहीबार दिउसो यस्तो नतिजा सार्वजनिक भएको थियो । बिहीबार नै एक बिशेष समारोहका बिच बुटवल उपमहानगरपालिका खुल्ला दिशामुक्त र पूर्ण खोपयुक्त घोषणा भएकोथियो ।


    संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर,उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ठ बनेको हो । मुल्यांकनमा बुटवलले ९० अंक प्राप्त गरेको छ । धनकुटा ८९ नम्बर ल्याएर दोश्रो र हेटौंटा ८८ अंक ल्याएर तेश्रो भएको छ ।


    आयोगले हरेक बर्ष अघिल्लो आर्थिक बर्षको नतिजा सार्वजनिक गर्दछ । ०६९ साल यता बुटवल लगातार सर्बोत्कृष्ट हुंदै आएको छ । गत बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएकाथिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५० , ५० अंक मापन गरेर मुल्यांकन गरेको थियो । प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा बृद्धि हुने प्राबधान छ ।


    सुशाशन, कार्याविधि,समूदाय परिचालन, योजना कार्यान्वय लगायतका मूल्यांकनको कुल एक सय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो ।बुटवल उप महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुबबहादुर खड्काले नागरिकका आवश्यकता मूल्यांकन गरेर योजना बनाउने एबं नीति र विधिमा टेकेर त्यसलाई सम्पन्न गर्ने काम गरेकाले नगर लगातार उत्कृष्ठ भईरहेको बताए ।


     उपमहानगरपालिकाले प्रत्येक टोलमा टोल विकास समिति गठन गरेर उनीहरुमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेका उनले बताए ।


    बुटवलमा स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अर्को उपलब्धीमुलक कार्यक्रम हो । उपभोक्तासंगको साझेदारीमा नगरभित्रको टोल टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् ।


    बुटवललाई अध्यारोरहीत बनाउन सौर्य सडक बत्ती विस्तार, कृषि उपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज संचालन लगायतका महत्वकांक्षी योजनाहरु पनि संचालनमा छन् ।DCnepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बुटवल उपमहानगरपालिका चौथो पटक सर्बोत्कृष्ट नगर घोषणा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top