काठमाडौं, ४ साउन - चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो। चीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो।
टोलीमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा मन्त्रालयकै उपसचिव अर्जुन पन्च निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का र निगमकै पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहयोगी थिए।
मन्त्रालयका उपसचिव पन्तले चीनसँग इन्धनको सम्झौता गरेर तत्कालै कारोबार गर्ने अवस्था नआएकाले वैकल्पिक माध्यमबाट इन्ध भित्र्याउने नीति अन्तर्गत सम्भाव्यता अध्ययन गर्न नेपाली टोली चीन भ्रमण गरेको जानकारी दिए।
उनका अनुसार कोइला प्रशोधन गरेर निस्कने कोलटारको एक प्रकारको तरल अवस्थाको वायो प्रोडक्ट र अन्य १४ प्रकारका रसायन मिसाएर पेट्रोलको उत्पादन गरेकाले सोही विषयमा अध्ययन गर्ने नेपाली टोली साताव्यापी भ्रमणमा चीन गएका थिए। चीनले उपलव्ध गराउने कच्चा पदार्थ र प्रविधिको सहयोगमा नेपालले पेट्रोल उत्पादन गर्न सक्ने पन्तले जानकारी दिए।
वैकल्पिक उर्जाको रुपमा रहेको यो पेट्रोल हलुको रंगको हुन्छ। चलन चल्तीमा रहेको अन्य इन्धन भन्दा यो प्रविधिको इन्धन चीनमा प्रतिलिटर एक रुपैयाँ सस्तो पनि छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

0 comments:
Post a Comment