728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    माओवादीले सरकारको समर्थन फिर्ता लिएपछिको परिस्थितिबारे विचार गरिरहेको छुः प्रधानमन्त्री ओली

    काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा उनले भने ‘‘माओवादीले बुझाएको पत्र प्राप्त भयो, तत्सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने बारेमा विचार गर्दैछु ।’


    माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीसँग अनौपचारिक छलफल गरेका थिए । यस्तै उपप्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रको समर्थन फिर्ता लिने निर्णय दुई दलबीच भएको १४ बुँदे सहमतिको उल्लङ्घन भएको बताए ।

    उनले राजनीतिक स्थायित्व प्रदान गर्ने र संविधान कार्यान्वयन गर्ने विषयमा पछिल्लो राजनीतिक घटनाक्रमले राम्रो नगरेको उल्लेख गरे । उनले भने, ‘‘पछिल्लो अवस्थाबारे सरकारमा रहेका अन्य दल, आफ्नै पार्टीभित्र पनि गम्भीर छलफल गरेर, अवस्थाको विश्लेषण गर्दै अन्य दलसँग पनि छलफल गरेर निर्णय लिन्छौँ ।’

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी केन्द्रको निर्णय एवम् भावी राजनीतिक अवस्थाका बारेमा समेत सामान्य छलफल भएको थियो ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादीले सरकारको समर्थन फिर्ता लिएपछिको परिस्थितिबारे विचार गरिरहेको छुः प्रधानमन्त्री ओली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top