728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    मन्दिरको जग्गा अतिक्रमण गरी निजी अस्पताल


    काठमाडौं, २ साउन - जानकी मन्दिरको सीता फूलबारी जग्गा अतिक्रमण गरी एक निजी अस्पतालले भवन निर्माण गरेका छन्।  

    भवन निर्माणपछि स्थानीय युवाले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दायर गरेका छन्। स्थानीय अगुवा सुशील कर्णसहितको समूहले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले धार्मिक महत्वको जग्गा निजी अस्पताल निर्माणका लागि लिजमा दिएको भन्दै पुनावेदन अदालत जनकपुरमा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएका छन्।

    शुक्रबार नै अदालतबाट रिट दर्ता गराई आइतबारका लागि पेसी तोकिएको छ। मन्दिरका महन्थ, जानकी मन्दिर सञ्चालक समिति तथा रामजानकी हस्पिटल प्रालिको मिलेमतोमा जनकपुर ६ सिट नम्बर १३५५२३ कित्ता नं जग्गा अस्पताल खोल्नको लागि लिजमा दिएइपछि त्यहाँ भवन निर्माण कार्य सुरु भइरहेको छ।

    जग्गा लिजमा लिएवापत प्रतिवर्र्ष मन्दिरलाई ६० हजार रुपैयाँ उपलव्ध गराउने गरी २१ वर्षको लागि लिजमा महन्थ दासले अस्पताल सञ्चालकलाई जग्गा उपलव्ध गराएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मन्दिरको जग्गा अतिक्रमण गरी निजी अस्पताल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top