728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथरमा र्‍याली

    प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाले पाँचथर सदरमुकाम फिदिममा आज शान्तिपूर्ण र्याली निकालेका छन् । 

    फिदिमको लिम्बूवान गेटबाट सुरु भएको र्यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । र्यालीमा करिब एकसय युवाको सहभागिता थियो । 

    सभालाई सम्बोधन गर्दै स्वतन्त्र युवाहरुका संयोजक गणेश काफ्लेले दलहरुलाई सरकार परिवर्तनको फोहोरी खेलमा भन्दा संविधान कार्यान्वयन गर्दै मुलकको समृद्धि र विकासतर्फ लाग्न आग्रह गरे। रासस


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथरमा र्‍याली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top