काठमाडौं – प्रधानमन्त्री केपी ओलीविरुद्ध कांग्रेस–माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएपनि चीन भने केही समय अहिलेकै सरकार रहिराखोस् भन्ने पक्षमा देखिएको भारतीय पक्षको दाबी छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङले गर्ने भनेको नेपाल भ्रमणसम्म यही सरकार रहिरहोस् भन्ने चिनियाँ पक्षको इच्छा रहेको बताइएको छ ।
माओवादीले सरकारको समर्थन फिर्ता गरेर कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि चिनियाँ पक्ष यति बेला काठमाडौंमा विभिन्न पार्टीका नेताहरुसँग छलफलमा रहेको छ । उनीहरुले हालको गठबन्धन नभत्किन दिन लबिङ गरिरहेको भारतीय पक्षले जनाएको छ ।
यस विषयमा इन्डियन एक्सप्रेस ले लेखेको छ, ‘एउटा चिनियाँ डेलिगेसन काठमाडौंको याक एण्ड यति होटलमा बसेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत बनाउन खुलेर लागेको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको हुने भनिएको नेपाल भ्रमणसम्म चीन यही सरकारको निरन्तरता चाहन्छ ।’ratopati


0 comments:
Post a Comment