728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    कुखुराले लामखुट्टे भगाउँ छ, मलेरियाबाट जोगाउँ छ

    साउन ७ – कुखुराको गन्धका कारण मलेरिया फैलाउने लामखुट्टेबाट बच्च सकिने एक अध्ययनले देखाएको छ । स्वीडेन तथा इथियोपियाका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा मलेरिया फैलाउने लामखुट्टे कुखुरा तथा अरु पक्षीबाट पर जाने गरेको पाइएको हो । 
    यस सम्बन्धी अनुसन्धान प्रतिवेदन मलेरिया जर्नलमा प्रकाशित भएको छ । लामखुट्टेले आफ्नो आहरा गन्धको आधारमा खोज्ने गर्छ । कुखुराको गन्ध मन नपर्ने भएकाले लामखुट्टे कुखुरा भएको ठाउँ वरपर नजाने वैज्ञानिकले बताएका छन् । 
    कुखुराको गन्धबाट निस्कने रसायनलाई प्रयोग गरेर लामखुट्टे भगाउने क्रिम बनाउन सकिने अनुसन्धानमा संलग्न वैज्ञानिकको भनाई छ । संयुक्त राष्ट्रसंघका अनुसार मलेरियाका कारण विश्वमा हरेक वर्ष लाखौं मानिसको ज्यान जाने गरेको छ । गएको वर्ष यो रोगका कारण अफ्रिकामा चार लाख भन्दा धेरैको ज्यान गएको थियो । 
    एजेन्सीको सहयोगमा


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कुखुराले लामखुट्टे भगाउँ छ, मलेरियाबाट जोगाउँ छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top