728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    फ्रान्सले युरोकप जितेको हेर्ने चाहना छः बालोटेली

    इटालीको राष्ट्रिय टोलीमा यसपटक स्थान बनाउन नसकेका खेलाडी मारियो बालोटेलीले आफूले फ्रान्सले युरोकप जितेको हेर्न चाहेको बताएका छन्। 
     
    फाइनलमा फ्रान्सले पोर्चुगललाई हराएर उपाधि जित्ने बालोटेलीको दाबी छ। गएराति भएको खेलमा विश्व विजेता जर्मनीलाई २–० ले पाखा लगाउँदै फाइनल प्रवेश गरेको फ्रान्स उत्कृष्ट टोली भएको भन्दै उपाधि उचालेको हेर्न चाहेको बालोटेलीले बताए। 
     
    ‘मलाई फ्रान्सले जित्छ भन्ने आशा छ किन भने म मेरो साथी पोग्वाले जितेको हेर्न चाहन्छु।’ बालोटेलीले फ्रान्ससँग अहिले युरोकप प्रतियोगिताकै उत्कृष्ट खेलाडी डिमिट्री पेयट रहेको पनि बताएका छन्।
     
    ‘पेयटले यो प्रतियोगितामा राम्रो खेलिरहेका छन्। उनी पहिलो खेलबाटै निर्णायक बन्दै आएका छन्,’उनले भने। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फ्रान्सले युरोकप जितेको हेर्ने चाहना छः बालोटेली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top