अफगानिस्तान, ७ साउन । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जल जिल्लामा शुक्रबार सुरु भएको झडपमा परी २२ व्यक्तिको मृत्यु भएको समाचार छ ।
यस झडपमा १८ जना आतङ्ककारीसहित २२ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । चार सुरक्षा अधिकारीले पनि यस झडपमा ज्यान गुमाएका छन ।
सो झडपमा मारिएका १८ जना तालिवान आतङ्ककारी भएको र अन्य कैयौ आतङ्ककारी घाइते भएका सैनिक अधिकारी विग्रेडिएर म्यानगाल रहातले जानकारी दिएको छ ।
ताकिस्तानको सीमा क्षेत्रमा पर्ने यस कला ए जल जिल्लामा गत आइतबारदेखि नै आतङ्ककारी र सुरक्षाबलबीच झडप जारी रहेको बताइएको छ ।
0 comments:
Post a Comment