728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    पक्राउ गर्न २५ लाख रुपैयाँ पुरस्कार तोकिएका व्यक्तिद्वारा आत्मसमर्पण, आफैंले लिए इनाम

    राँची, असार ३१ । भारतको झारखण्डमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक व्यक्तिले आत्मसमर्पण गरेका छन् । यतिमात्र होइन, उनले आफ्नो पक्राउका लागि सरकारद्वारा घोषित रकम पनि आफैंले लिएका छन् ।

    नक्सलवादी नेता बडा विकासले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । उनी हतियारसहित प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए । उनीविरुद्ध लातेहारमा ३७, गढवामा १७ र छत्तीसगढमा २२ मुद्दा दर्ता थिए ।

    झारखण्डसहित विभिन्न राज्यका प्रहरीले उनको खोजी गरिरहेका थिए । उनको पक्राउका लागि सहयोग गर्नेलाई २५ लाख रुपैयाँ पुरस्कार दिइने घोषणा पनि गरिएको थियो ।

    प्रहरीसमक्ष आफैं आत्मसमर्पण गर्न आएका उनलाई प्रहरी प्रमुखले २५ लाख रुपैयाँको सो इनाम पनि हस्तान्तरण गरे । यस अतिरिक्त उनलाई आत्मसमर्पण बापत ५० हजार र हतियार बुझाएबापत १५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ । (एजेन्सी)

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पक्राउ गर्न २५ लाख रुपैयाँ पुरस्कार तोकिएका व्यक्तिद्वारा आत्मसमर्पण, आफैंले लिए इनाम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top