728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    नारायणगढ-मुग्लिन सडकखण्डमा हुने जाम र जोखिमको कारण जहाजमा जन्ति


    नारायणगढ – मुग्लिन सडक खण्ड विस्तारसंगै यात्रामा निकै जोखिम बढेपछि काठमाडौं जाने अधिकांश यात्रु हवाई मार्ग प्रयोग गर्न बाध्य बनेका छन् ।
     
    नारायणगढ मुग्लिन सडकखण्ड पूर्ननिमार्ण हुन थालेपछि हुने सडक जामको कारण भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको छ । चितवनबाट ३ सय भन्दा बढी यात्रु हवाईजहाजबाट राजधानी जाने गरेका छन् । तर बुधवार भरतपुर विमानस्थलमा फरक खालका यात्रु देखिए । ढाकाको दौरा सुरुवाल र टोपी , दुवोको मालाको साथमा सजिएका एक युवकले सबैको ध्यान तानेका थिए ।
     
    उनीसंगै कोही सगुन बोकेका थिए भने कोही दहीको ठेकी बोकेका थिए । जहाजमा जन्ति जान थालेपछि अन्य यात्रु दंग परेका थिए । विवाह गर्न काठमाडौं जान लागेका दुलाहा जन्ति लिएर विमानस्थल पुगेका हुन ।

    भरतपुर १० शान्ति मार्गका विक्रम थापा बधु लिनका लागि  जहाजमा जन्ति गएका  हुन । जहाज मार्फत १३ जना जन्ति गएका थिए । उनी अमेरिका रहदै आएका छन । थापाको काठमाडौं ढुङ्गेधारा निवासी विनिता देवकोटा संग राजधानीकै होटल एम्बेसडरमा हिन्दु परम्परा अनुसार विवाह भएको हो । विवाहका लागि ४० जना जन्ति भने विहानै बसमा गएका थिए । बाटो अवरुद्ध हुने भएकोले विवाह कार्य सम्पन्न गर्न ढिलाई भएपछि जहाजबाट जन्ति गएको विक्रमका छिमेकी जगदिश्वर खनालले बताए ।

    जहाजबाट यात्रा गर्नेको चाप बढेपछि बुद्ध एयरले दिनहुं ८ वटा सम्म यहांबाट उडान गर्ने गरेको छ । विगतमा नियमित ३ वटाले उडान गर्दै आएपनि असार यता ६ वटाले नियमित उडान गनेृ गरेको छ । त्यस्तै यति एयरको एउटा उडान हुंदै आएकोमा अहिले यात्रुको चाप बढेसंगै एउटा उडान थप गरेको छ । नियमित जहाजको संख्या बढेपनि २, ३ दिन अगाडी नै सबै टिकट बुकिंग हुने गरेको छ ।

    सामान्यतयाः नारायणगढबाट काठमाडौं सवारीसाधनमा जाने हो भने ४ घंटामा पुगिन्छ । तर अहिले नारायणगढबाट मुग्लिन पुग्नै घंटौं लाग्ने गरेको छ । त्योसंगै पहिरो खसेर पुरिने हो कि भन्ने चिन्ता अधिकांश यात्रुमा थपिएको छ । बसमा यात्रा गर्दा ४ सय रुपैंयामा पुगिने काठमाडौं अहिले जोखिमकै कारण अधिकांश यात्रु ३ हजार खर्चिएर जहाज प्रयोग गर्न बाध्य भएका छन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नारायणगढ-मुग्लिन सडकखण्डमा हुने जाम र जोखिमको कारण जहाजमा जन्ति Rating: 5 Reviewed By: Unknown
    Scroll to Top