728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    १५ वर्षमा बिहे, २२ वर्षमा चार सन्तान, श्रीमानको मृत्युले समस्यामा घरबार

    जाजरकोट, असार २९ – पाँच जनाको परिवार । सानो झुप्रो । त्यही पनि पानी चुहिने । न खानाको जोहो न त आनन्दले सुत्ने ओछ्यान । रुपा विश्वकर्मा निकै समास्यामा हुनुहुन्छ । आफू सक्ने हुँदा ज्याला मजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ । नसक्दा त त्यही पनि भोकै । जाजरकोट ढिमे-२ मालुमेला बस्ने रुपा विश्वकर्मा यस्तै पीडामा हुनुहुन्छ ।
    रुपाको १५ वर्षको उमेरमा डोल्पा ल्हाका बुद्धिबहादुर नेपालीसँग बिहे भयो । तीन छोरी र एक छोरा जन्मिए । दुःख सुख गरेरै भएपनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात वर्षमै श्रीमानको ज्यान गयो ।
    श्रीमानको मृत्युपछि परिवारको आर्थिक अवस्था पनि निकै नाजुक हुँदै गयो । रुपालाई छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालावाला लिएर माइतीघर जाजरकोट ढिमे आउनु भयो । यहाँ पनि उनलाई गास र वासको समस्याले छोडेन ।
    माइतीको अवस्था पनि उस्तै जग्गा जमिनको नाममा एक टुक्रो पाखोबारी मात्र । दैनिक ज्याला मजदुरी गरेर खाने । तैपनि छोरीलाई बस्ने ओत दिए माइतीले । ‘न त हातमा सीप छ न काम गरौँ भने खेतबारी नै छ । म कसरी यी केटाकेटी पालौँ’ रुपाले दुःख प्रकट गर्नुभयो, ‘यी केटाकेटीको पढाई खर्च कहाँबाट जुटाउँ ।’
    ‘म त साह्रै समस्यामा परेँ । पढ्ने उमेरमा सानैमा बिहे भयो । बिहे गर्ने उमेरमा विधवा हुनु पर्यो अझ साथमा रहेका चार जना छोराछोरीको लालनपालन र पढाइलेखाई कसरी गरुँ ?’ रुपाले भन्नुभयो, ‘जेठी छोरी पार्वती ९ वर्ष , माईली छोरी चन्द्रा ८ वर्ष , कान्छी छोरी रेखा ४ वर्ष र छोरा अनिल ३ वर्षका भए ।’
    गाँउलेहरुको गहुँ, मकै, धान गोड्ने, रोप्ने, काट्ने काम गर्दै रुपाले केही जोहो गर्नुभएको छ । ‘२५ वर्षको भएँ श्रीमान बितेको तीन वर्ष भयो । जिन्दगी अझै धेरै लामो छ कसरी बित्ने हो, केही थाह छैन’ उहाँले भन्नुभयो । कसैले सीपमुलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने ब्यवस्था मिलाइदिएको भए आफ्ना लागी ठूलो राहत हुने उहाँले बताउनु भयो । ‘मिठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए । दुई छाक गास र एक सरो शरिर ढाक्ने कपडाको लागि संघर्ष गरिरहनु परेको छ’ रुपाले दुःख सुनाउँदै भन्नुभयो । - उज्यालो अनलाइन

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १५ वर्षमा बिहे, २२ वर्षमा चार सन्तान, श्रीमानको मृत्युले समस्यामा घरबार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top