728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    मुस्लिम महिलाले दिइन हिन्दुलाइ दागबत्ती

    २४ आषाढ, हैदरावाद । भारतको तेलंगाना राज्यको वारंगल जिल्लामा एक मुस्लिम महिलाले हिन्दु वृद्धको शवमा दागबत्ती दिएकी छन् । वारंगलको एक वृद्धाश्रममा रहेका हिन्दू धर्मावलम्बी वृद्ध वितेपछि ती मुस्लिम महिलाले उनको अन्तिम संस्कार गरेकी हुन् ।
    वृद्धका छोराले हिन्दु धर्मत्यागेर क्रिस्चियन धर्म अँगालेका थिए । क्रिश्चियन बेनपछि उनको परिवारले वृद्ध बाबुलाइ उपेक्षा गरेर घरबाटै निकालि दिएको थियो यकुब बी नाम मुस्लिम महिलाले श्रीमान्का साथ मिलेर वृद्धाश्रम सञ्चालन गरेकी छिन् ।
    परिवारले छाडेपछि कयौं वर्षसम्म सिलाइबुनाइको काम गर्दै आएका श्रीके श्रीनिवासको गत मंगलबार राति सत्तरी वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
    सन्तानले बाबुको अन्त्येष्टि नगर्ने भएपछि याकुबले सबै धार्मिक रितिरिवाज पूरा गरी श्रीनावासको अन्तिम संस्कार गरेकी हुन् ।
    उनी २ वर्षअघि एक बस स्टपमा फेला परेका थिए । उनले याकुबसँग आफूलाइ परिवारले तिरस्कार गरेको बताएका थिए । - नेपालीपत्र डट कम

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मुस्लिम महिलाले दिइन हिन्दुलाइ दागबत्ती Rating: 5 Reviewed By: Unknown
    Scroll to Top