728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    इराकमा इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

    असार २४ – इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको शिया मुस्लिम धर्मावलम्बीको पवित्र स्थल शिया सिर्नेमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बिबिसीले जनाएको छ । मानिसहरुले इद मनाइरहेका बेला एक जनाले आत्मघाती बम बिस्फोट गराएको र केही व्यक्तिले अन्धाधुन्ध गोलि चलाएका थिए । विस्फोटक पदार्थले भरिएको पेटी बाँधेका आक्रमणकारीले आत्मघाती विस्फोट गराए लगत्तै बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाएका त्यहाँको प्रहरीले जनाएको छ । 
    यसअघि गएको आइतबार बग्दादमै भएको एक आक्रमणमा ३ सय जनाले ज्यान गुमाएका थिए । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इराकमा इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top