728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    कञ्चनपुरको ८ सय वासिन्दा बाढीको उच्च जोखिममा

    कञ्चनपुर, २९ असार । कञ्चनपुरको बेलडाँडी नगरपालिका क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा बढेको छ । नदीले नगरपालिकाको इमलियादेखि झिलमिला क्षेत्रमा जग्गा कटानी तीव्ररुपमा गर्न थालेको छ ।



    जग्गा कटानी गर्दै नदी बस्ती नजिकै पुगेपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् । नदी बग्नेक्रम बस्तीतर्फ मोडिएपछि यहाँ बसोबास गर्ने ८ सय भन्दा बढी परिवार उच्च जोखिममा परेका छन् ।

     

    नदीलाई पुरानै ठाउँमा फर्काउन डाइभर्सन गर्न पटकपटक माग गर्दा समेत समस्या समाधान हुन नसकेको स्थानीयहरु बताउँछन् । नदीमा बाढी आएका बेला राति निन्द्रा पर्दैन, स्थानीय बलबहादुर रोकायाले बताए, “जग्गा कटानी तीव्ररुपमा भइरहेकाले घरसहित बग्ने खतरा हुँदा अनिँदोमै रात काटनु परेको छ ।”

     

    चौधर नदी पारी आरक्ष किनारमा यहाँका किसानको ७२ बिगाहा जग्गा भएपनि नदीले जग्गामा बालुवाले पुरिदिने भएकाले सुकुम्बासी भएर बस्नुपरेको स्थानीयले दुखेसो पोखेका छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कञ्चनपुरको ८ सय वासिन्दा बाढीको उच्च जोखिममा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top