728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    यदि प्रधानमन्त्री ओलीले यो काम पुरा गर्न सके भने ओली सरकार टिक्ने छ

    काठमाडौं २९ असार | नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्याउन ४५ सिटको आवश्यकता परेको छ। राजधानी दैनिकमा समाचार छ।

    ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्।


    संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो।

    यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ। अहिले सरकारका पक्षमा २ सय ५३ जनाको मात्र समर्थन रहेको छ।

    सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो।

    कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यक पर्छ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यदि प्रधानमन्त्री ओलीले यो काम पुरा गर्न सके भने ओली सरकार टिक्ने छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top