728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    दिल्ली दूतावास भित्र सह–सचिव र उपसचिव बिच कुर्सी हानाहान


    काठमाडौँ २९ असार ।  नेपाल –भारतबीच बिग्रिएको सम्बन्ध सामान्यीकरणको दिशातर्फ उन्मुख हुँदै गएको बेला यस्तो काममा झन् बढी सक्रिय रहनुपर्ने हाम्रा कूटनितिज्ञचाँहि आपसमै ‘कारगिलको लडाई’ मच्चाउँन थालेका छन् ।

    दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएपछि दिल्लीमा नयाँ राजदूत नियुक्त भइसकेका छैनन् । सह–सचिव कृष्ण ढकालले कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका छन् । उनलाई सघाउन अघिल्लो महिना उपसचिव हरि ओडारीलाई तीन महिने काज खटाइएको छ । तर स्वभावमा दुई कडा, एक अर्कोलाई नटेर्ने । यसैको उत्कर्षस्वरुप गत शुक्रबार यी दुईबीच ‘तँ–तँ–म म’ र कुर्सी हानाहानको स्थिति आइलागेको थियो । बाराखम्बा रोडस्थित दूतावास भवनभित्र कार्यवाहक राजदूतको निवासकै बरण्डामा बिहान दुई कर्मचारीबीच विवाद चर्कदै जाँदा कुटाकुटसम्मको स्थिति उत्पन्न भएको थियो ।

    सांस्कृतिक मामिला हेर्न उपसचिव कृष्ण पन्त र द्धितीय सचिव गणेश अधिकारीले नछुट्याएको भए त्यसदिन साह्रै अप्रिय घटना हुने थियो । एकअर्काले कुर्सी उठाएर ताक्ने र अवशब्द बोल्नेसम्मको स्थिति सिर्जना हुनका पछाडि पोहोर बैशाखको त्यही अप्रिय भूकम्प र राहतस्वरुप संकलित सामग्रीसम्बन्धी मुद्दा कारक थियो । आजको जनआस्थामा खबर छ  ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दिल्ली दूतावास भित्र सह–सचिव र उपसचिव बिच कुर्सी हानाहान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top