728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    कृषि कार्यालय नेपालगञ्जका इन्जिनियर घुससहित पक्राउ


    ३१ असार, नेपालगञ्ज । स्थानीय उपभोक्ता समूहसँग २ लाख घुस लिँदै गरेको अवस्थामा कृषि अनुसन्धान कार्यालय नेपालगञ्जका इन्जिनियर बिरेन्द्रकुमार यादवलाई अख्तियार अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

    Akhtiyar

    बाँकेको खजुरामा रहेको कार्यालयमा उपभोक्तासँग घुस लिँदैगर्दा इन्जिनियर यादवलाई अख्तियारको कोहलपुर सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको एसपी दिलिप थापाले जानकारी दिए ।

    डीप बोरिङका लागि अनुदान मिलाइदिएबापत अनुसन्धान कार्यालयका इन्जिनियर यादवले उपभोक्ता समूहसँग २ लाख घुस मागेका थिए । कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारले यादवलाई पक्राउ गरेको हो

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कृषि कार्यालय नेपालगञ्जका इन्जिनियर घुससहित पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top