728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    फ्रान्समा भएको आतंककारी हमलाको विश्वव्यापी निन्दा


    फ्रान्स: फ्रान्सको नाइस सरहमा अवस्थित शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गरेका छन्।
    सो हमलामा परी ८४ जनाको ज्यान गएको छ। बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो।
    मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ।सो हत्याको विश्वव्यापी रुपमा निन्दा गरिएको छ। यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राखेका छन्।
    उहाँले मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको जनाइएको छ।
    त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गरेका छन्। उनले दोषीलाई कडा कारबाहीको माग पनि गरेका छन्।
     

    एकजना बन्दुकधारीले महोत्सवमा रमाइरहेको स्थानमा ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो। उसको पहिचान अहिले सम्म हुन सकिरहेको छैन।
    त्यस्तै टर्कीका राष्ट्रपति रिसेप एर्डो ग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गर्नुभयो। उनले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरे।
    उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ।
    सो आतंकारी हमलाको अनुसन्धान सुरु भएको छ। तर अहिलेसम्म केही नयाँ तथ्य भने पत्ता लाइसकेको छैन। रासस/एएफपी

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फ्रान्समा भएको आतंककारी हमलाको विश्वव्यापी निन्दा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top