728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    भारतीयलाई अमेरिकाबाट देश निकाला गरिदै


    अमेरिका, साउन २- अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका भारतीयहरुलाई अमेरिकाले भटाभट देश निकाला गर्दै छ ।
    करिव नौ लाख ५० हजार भारतीय सहित अन्य देशका नागरिकहरुलाई अमेरिकी सरकारले देश निकाला गर्ने योजना बनाएको समाचार बिभिन्न अन्तराष्ट्रिय मिडियाहरुले प्राथमिकताका साथ समाचार संप्रेशन गरेका छन् । 

    अमेरिकामा लुकीछिपी बस्ने, गैरकानूनी काममा संलग्नता भएका र अमेरिकी नियम तोडेको आरोपमा स्थानिय सरकारले केही समय पहिले मात्र ५४ जना भारतीयहरुलाई देश निकाला गरिसकेको छ । 

    धेरै भारतिय नागरिकहरु अमेरिकामा गैर कानुनी रुपमा बसोबास गरिरहेको भन्दै अमेरिकी सरकारले त्यस्ता भारतियलाई स्वदेश फिर्ता बोलाउन भारत सरकारलाई बारम्बार ताकेता गर्दै आएको छ । 

    तर भारतीय पक्षले बेवास्ता गरेका कारण बाध्य भएर त्यस्ता भारतीयहरुलाई देश निकाला गर्नुपेरको अमेरिकी बिदेश मन्त्रालयले जनाएको छ । 

    गत महिना सिनेट जुडिसियरी कमिटी चेयरम्यान चक ग्रासलीले अमेरिकी होमल्याण्ड सुरक्षा सचिव जे जोन्सनलाई एउटा पत्र लेख्दै आदेश दिएका थिए । अदेश पत्रमा ग्रासली भन्छन् - भारत लगायत २३ देशका नागरिकहरु अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका छन् । ती देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश फिर्तागर्न आनाकानी गरिरहेका छन् । यी २३ देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन पनि राष्ट्रपति बाराक ओबामा सरकारलाई निर्देशन दिएका थिए । 

    अमेरिकाबाट करिब नौ लाख ५० हजार भारतिय लगायत अन्य देशका नागरिकहरुलाई देश निकाला गर्न बाँकी रहेको कुरा अमेरिकी राष्ट्रिय सुरक्षा उप-समितिका प्रमुख रोन डिसेन्ट्सले बताएका छन् । 

    बिभिन्न शीर्षकमा अमेरिका प्रवेश गरेर गैर कानुनी रुपमा बस्दै आएका भारतिय लगायतका अन्य देशका नागरिकहरुलाई जसरी पनि स्वदेश फिर्ता गराई छाड्ने अभियानमा अमेरिकी होमल्याण्ड लागेको छ । 

    उसले भारतीयहरु जो गैर कानुनी रुपमा अमेरिका बसोबास गर्दै छन् उनीहरुलाई प्रमुख टारगेट गरेको छ । अमेरिका प्रवेश गरेर गैर कानुनी रुपमा बस्दै आएका भारतिय लगायतका अन्य देशका नागरिकहरुलाई जसरी पनि स्वदेश फिर्ता गराई छाड्ने अभियानमा अमेरिकी होमल्याण्ड लागेको छ । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीयलाई अमेरिकाबाट देश निकाला गरिदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top