एजेन्सी — बुढी औला चुस्ने वा नङ टोक्नेलाई एलर्जीको सम्भावना न्यून हुने एक नयाँ अध्ययनले देखाएको छ । पेडियाट्रिक जर्नलमा प्रकाशित सो अध्ययन अनुसारउनीहरुलाई केही रोगाणुमा एक्सपोज गर्दा शरिरको रोग प्रतिरोधात्मक प्रणाली सशक्त हुने गर्छ ।
न्युजिल्यान्डमा बुढी औला चुस्ने र नङ टोक्ने मानिसलाई एलर्जीबाट बच्ने गरेको अध्ययन दर्शाइएको छ ।
सहभागीमध्ये पाँच देखि ३२ वर्षका व्यक्तिले नङ टोक्ने तथा बुढी औला चुस्ने गरेका थिए । तर श्वासाप्रश्वास तथा ज्वरोको जोखिम बढ्दा पनि सोही आदतकै कारणकुनै असर नगर्ने अध्ययनमा जनाइएको छ ।
सहभागीको पाँच, साता, नौ र एघार वर्षमा बुढी औला चुस्ने तथा नङ टोक्ने आदतबारे मुल्यांकन गरिएको थियो । त्यस्तै उनीहरुमा एलर्जी भए नभएको विषयमा १३ र३२ वर्षमा परीक्षण गरिएको थियो ।
सहभागीमध्ये एक तिहाई बालबालिका नियमित रुपमा बुढी औला चुस्ने वा नङ टोक्ने गर्थे । उनी हरु १३ वर्षमा पुग्दा एलर्जीको न्यून सम्भावना देखिएको थियो ।
ती बालबालिकामा अन्यमा भन्दा घरको धुलो, बिरालो वा कुकुर जस्ता पाल्तु जनाबारका कारण एलर्जीको सम्भावना न्यून पाइएको थियो । सोही कारण उनीहरु पाकोउमेरसम्म पनि एलर्जी हुनबाट बच्ने गरेको युनिर्भसिटी अफ ओटागोका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
क्यानडास्थित म्याक मास्टर युनिर्भसिटीका प्राध्यापक तथा सह अनुसन्धानकर्ता माल्कोम सिर्यस भन्छन्, ‘यस्ता बानीलाई प्रोत्साहन गर्नु हुैन भन्ने थाहा हुदाँ हुदँपनियस खराब आदतका सकरात्मक फाइदा पनि पाइएको छ । ’
एलर्जी येकका होली शउ भन्छन, ‘अन्य देशहरुमा गरिएका अरु अनुसन्धानले पनि यस सिद्धान्तलाई समर्थन जनाएका छन् ।’
‘घरमा पाल्तु जनाबार र खेतबारीमा काम गर्ने मानिसमा वातावरणको पनि प्रभाव हुन्छ किनकी एलर्जी रोगको विकासमा अशर गर्छ,’ उनले भने ।
Swasthya khabar
0 comments:
Post a Comment