728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    पत्ता लाग्यो क्यान्सर बारे ‘भविष्यवाणी’ गर्ने नयाँ तरिका

    Nurse preparing patient for mammogram at x-ray machine in hospital

    एजेन्सी – चिकित्सकले वंशाणुगत परीक्षण गरेर स्तन क्यान्सर भएका महिला सुरक्षित छन् वा छैनन् भन्ने थाहा पाउन सकिने एक नयाँ अध्ययनले देखाएको छ ।

    सो परीक्षणबाट महिलाको क्यान्सर शरिरभर फैलिन्छ वा फैलिदैन भन्ने विषयमा वास्तविक ढंगले अनुमान गर्न सकिने बताइएको छ । खोजकर्ताले यसलाई ‘ब्रेष्ट क्यान्सरमा ब्रेकथ्रु’ भनेका छन् ।

    विद्यमान परीक्षण (अनकोटाइप डीएक्स ) दुई साता लाग्नेमा नयाँ परीक्षण भने केही दिनमै सम्पन्न हुने विश्वास गरिएको छ ।

    एक दशकमा कसरी क्यान्सर विकसित हुन सक्छ भन्ने भविष्यवाणीका लागि ट्युमरको वंशाणुगत बनोटको  परीक्षणले जानाकारी प्रदान गर्छन् ।

    कुन बिरामी शल्यक्रियापछि केमोथेरापी उपचारबाट लाभन्नित हुन सक्छन् र कसलाई केमोथेरापीको आवश्यक पर्दैन भन्ने विषयमा परीक्षणबाट थाहा हुन्छ, ताकी बिरामी अनावश्यक साईडइफेक्टबाट बच्न सकुन् ।

    यी दुबै परीक्षण ओइस्ट्रोजेन रिसेप्टर पोजेटिभ र एचइआर २ नेगेटिभ रोग भएका महिलामा हुने गर्छ । यी रोगका कारण दुई तिहाई महिलालाई स्तन क्यान्सर हुन्छ ।

    बेलायतमा हरेक वर्ष ३३ हजार महिलामा इआर÷एचइआर २ स्तन क्यान्सरको उपचार हुने गरेको छ । रोग फैलिएको खतरा पहिचान गरेपछि केमोथेरापीबाट थोरै फाईदा देख्ने महिलाहरु यसको साइड इफेक्टबाट बच्न सक्ने विश्वास गरिएको छ । लन्डनस्थित क्वीन म्यारी इन्सिट्च्युटको सहकार्यमा रोयल मार्सडेन एनचएएस फाउन्डेसन ट्रस्ट र इन्सिट्च्युट अफ क्यान्सर रिसर्चका अनुसन्धानकर्ताहरुले सो अध्ययन गरेका हुन् ।

    क्यान्सर स्तन ग्रन्थीसम्म फैलिएको छ वा छैन र महिलामा क्यान्सर फैलिने खतरा ट्युमरको आकारसँग जोडिएको वंशानुगत परीक्षण अनुमान गरिन्छ । १० वर्षसम्म दश प्रतिशत भन्दा न्यून फैलिएको छ भने त्यस्ता महिलालाई न्यून खतरा भएको सूचीमा वर्गीकृत गरिन्छ ।

    Swasthya khabar
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पत्ता लाग्यो क्यान्सर बारे ‘भविष्यवाणी’ गर्ने नयाँ तरिका Rating: 5 Reviewed By: Unknown
    Scroll to Top