728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    टर्कीमा सैनिकले सत्ता लिने प्रयास, प्रधानमन्त्री भन्छन्, कुको प्रयास असफल, स्थिती नियन्त्रणमा

    साउन १, स्तानबुल । टर्कीमा सैनिक कु गरी सत्ता आफ्नो हातमा लिने प्रयास भएको छ । टर्कीको एउटा समूहले राजधानी अंकारा र स्तानबुलमा सैनिक परिचालन गरी सैनिक कु गरेको दाबी गरेका थिए ।
    सैनिक कुका विरुद्धमा सर्वसाधरणले गरेको प्रदर्शनमा सैनिकहरुले गोली चलाएका थिए । सेनाको गोलीबाट ६० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । तर टर्कीका प्रधानमन्त्री बिनाली युल्दरमले सैनिक कुको प्रयासलाई विफल पारिएको बताएका छन् ।
    उनका अनुसार टर्कीमा सैनिक कुको प्रयास विफल पारेर आफ्नो नियन्त्रणमा राख्न सफल भइसकिएको छ । उनले अहिलेसम्म १ सय ३० जनालाई गिरफ्तारी गरिसकेको जानकारी दिए । उनले सैनिक कुका लागि प्रयोग गरिएको विमानलाई समेत खसालिइसकिएको जानकारी दिए । विद्रोह गर्ने सैनिकले आत्मसमपर्ण गरेका छन् ।
    ती सेनाका समूहले विमानस्थल कब्जामा लिएका थिए । उनीहरुले विमानस्थल कब्जा लिएर सबै उडान रद्ध गरेका थिए । सेनाको समूहले सरकारी टेलिभिजन कब्जामा लिएर लोकतन्त्र बचाउन सेना अगाडी आएको दाबी गरेका थिए ।- bizmandu.com

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टर्कीमा सैनिकले सत्ता लिने प्रयास, प्रधानमन्त्री भन्छन्, कुको प्रयास असफल, स्थिती नियन्त्रणमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top