728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    चर्चमा बन्धक बनाई धर्म परिवर्तन

    bible-04

    काठमाडौं–गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिबल चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो ।

    प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तमाङ र बालगृह सञ्चालक चिनिमाया व्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ ।

    अदालतले बालगृह सञ्चालक व्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ । तामाङ ५० हजार धरौटीमा छुटेका छन् ।

    धनकुटा घर भएकी ब्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन् ।

    कतिपय बालबालिकाका परिवारलाई उनले बच्चा आफूले पाल्ने भन्दै काठमाडौं ल्याएकी थिइन् । पछिल्लो समय बालबालिकालाई बन्धक बनाई जबरजस्ती ख्रिस्टियन धर्मको प्रार्थना गर्न लगाइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चर्चमा बन्धक बनाई धर्म परिवर्तन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top