साउन ७ – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले भ्यालेन्सियाका मिडफिल्डर आन्द्रे गोमेजलाई अनुबन्ध गरेको छ । पोर्चुगलका गोमेजले फ्रान्समा भएको युरोकप २०१६ मा पाँच खेल खेलेका थिए ।
२२ वर्षका गोमेजले भ्यालेन्सियामा दुई सिजनमा ७८ खेलमा ९ गोल गरे । उनी पोर्चुगलको क्लब बेन्फिकाबाट भ्यालेन्सिया आएका थिए । पोर्चुगललाई युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका गोमेजलाई रियल मड्रिडले पनि भित्र्याउन चाहेको थियो ।
तर बाजी भने बार्सिलोनाले मार्यो । आउँदो हप्ता अनुबन्धको सम्झौता हुने बार्सिलोनाले जनाएको छ । उनलाई बार्सिलोनाले ४ करोड ५० लाख पाउण्ड भन्दा धेरैमा अनुबन्ध गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
0 comments:
Post a Comment