728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    किसानलाई चौँतिस लाख अनुदान

    बाबियाचौर म्याग्दी,  पशुपालक किसानले यस वर्ष रु ३३ लाख ८५ हजार अनुदान पाएका छन् । किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी पशुजन्य पदार्थको उत्पादनमा वृद्धि र प्रोत्साहन गर्न जिल्ला पशुसेवा कार्यालयले उक्त अनुदान उपलब्ध गराएको हो ।


     
    घारको हिमालयन चिज उत्पादन सहकारीले गाईपालन र भुरुङ तातोपानीको रुप्से कृषि सहकारीले बाख्रापालनका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १०,१० लाख अनुदान पाएका कृषि विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो । यस्तै भगवती, बेग, दोवा, भुरुङतातोपानी, शिख, दाना र नारच्याङ गाविसका भेडापालन किसान आबद्ध कालीगण्डकी भेडापालन समितिले रु छ लाख अनुदान पाएको छ ।

    अनुदानबाट रु एक लाख ५० हजारको घुम्ती कोष स्थापना, घुम्ती भेडा गोठमा सोलार जडान, ऊन काट्ने, गोठालालाई अत्यावश्यक सामग्री वितरण, पक्की पोखरी र प्रोटेबल डिपिङ ट्याङ्की निर्माण गरेको समितिका अध्यक्ष मेखबहादुर गर्बुजाले बताउनुभयो । शिखको खोप्रा लेकमा पालिएका चौँरीको खानेपानी व्यवस्थाका लागि रु ६० हजार सहयोगमा पक्की डुढ निर्माण गरिएको छ ।

    यसैगरी शिख–९ गिवाङको प्रगतिशील बाख्रापालन समितिमा आबद्ध ५० घरधुरी किसानले पशुसेवा कार्यालयको सहयोगमा बाख्रापालन र खोर सुधार गरेका छन् । प्रतिकिसान रु १० हजार ५०० अनुदान र चार वटा बोका सहयोग प्राप्त भएको समितिका अध्यक्ष पूर्णबहादुर पाइजाले बताउनुभयो । यसैगरी घारकी सीता बरुवालले युवा लक्षित कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान सहयोगमा खोर सुधार, दाना खरिद र घाँस व्यवस्थापन गर्नुभएको छ ।

    दाना काभ्रेका २० जना महिलाले पशुसेवा कार्यालयले रु तीन हजारका दरले उपलब्ध गराएको अनुदान सहयोगमा खोर सुधार गरी स्थानीय जातका कुखुरा पालेका छन् । घारका चार जना तथा दानाका एक किसानले गोठ सुधारका लागि रु पाँच हजारका दरले अनुदान प्राप्त गरेका छन् । रासस

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किसानलाई चौँतिस लाख अनुदान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top