काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रले सरकारबाट हात झिके लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । सँगै सरकारको भविश्यको विषयमा समेत चर्चा परिचर्चा सुरु भएको छ ।
ओली सरकार अल्पमतमा परे पनि तत्काल राजीनामा नदिने भएका छन् । जसका कारण कांग्रेस, माओवादीले अविश्वासको प्रस्ताव समेत दर्ता गरिसकेको छ । ओली सरकार इतिहासकै राष्ट्रवादी भएको भन्दै आम सर्वसाधारण यही सरकारको पक्षमा देखिएका छन् । पार्टी भित्र पनि केही नेताहरु सरकारको पक्षमा देखिएका छन् ।
प्रम ओलीलाई तत्काल सरकारबाट राजिनामा दिनुनहुँने सुझाव दिईरहेका छन् । पार्टी भित्रैपनि महासचिव ईश्वर पोखरेलका साथै प्रदिप ज्ञवाली, शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगाएतको यही सुझाव रहेको छ । यता बरिष्ठ नेताद्धय खनाल र नेपालले पनि सार्वजनिक रुपमै ओलीले गल्ती गरेकोले तत्काल राजिनामा दिनुपर्ने धारणा राख्दै हिँडेका छन् ।
माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सामूहिक राजिनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल विस्तार गरेर तत्काल राजिनामा नदिने अडान देखाईदिएका छन् । बुधबार कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेको बताइएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने बताइएको छ । बुधबार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीवीच एक घण्टा भन्दा लामो भेटमा ओलीले आफूलाई सहयोग गर्न राष्ट्रपतिसँग आग्रह गरेको निकट स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले बहुमतीय प्रणालीमा जान समय लाग्ने धारणा राखेको बताइएको छ ।

0 comments:
Post a Comment