728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    दिमाग शुद्ध पार्न भन्दै डोनाल्ड ट्रम्पलाई उपहार - आसामको चियापत्ती

    असार ३० – अमेरिकामा राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीको तर्फबाट चुनावी दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दिमाग शुद्ध पार्न भन्दै भारतको एउटा चिया कम्पनीले आसामको चियापत्ती पठाएको छ । कम्पनीले ६ हजार वटा ‘टि ब्याग’ पठाएको हो । 
    विश्वमै प्रख्यात आसामको चिया खाएर ट्रम्पले सकारात्मक सोचुन र आफ्नो दिमाग ठिक पार्न ढिला नगरुन भन्दै चियापत्ती पठाएको टिएमी कम्पनीले जनाएको छ । कम्पनीले भिडियो मार्फत ट्रम्पलाई भनेको छ, ‘नमस्कार ट्रम्प, हामीले तपाइँलाई प्राकृतिक शुद्ध चियापत्ती पठाएका छौँ । 
    यसले हानिकारक किटाणु बिरुद्ध लड्छ । तपाइँको दिमाग शुद्ध पार्न यसले मद्धत गर्नेछ । कृपया यो चिया खानुहोला । यसले तपाइँको दिमाग शुद्ध पारी अमेरिकीको हित हुनेछ, विश्वकै हित हुनेछ ।’ 
    कम्पनीले बुधबार न्यू योर्क ट्रम्प निवासमा ‘टि ब्याग’ बुझाएका थिए । चियापत्ती दिनुको उदेश्य अरु केही नभएर ट्रम्पले आफ्नो दिमाग सन्तुलन गर्न समय नलगाउन् भन्ने रहेको कम्पनीले जनाएको छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दिमाग शुद्ध पार्न भन्दै डोनाल्ड ट्रम्पलाई उपहार - आसामको चियापत्ती Rating: 5 Reviewed By: Unknown
    Scroll to Top