728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायमाथि अख्तियारको छानबिन

    काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल नागररिक उड्ययन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायसहित अन्य तीनजना सरकारी अधिकारीमाथि छानिवन थालेको छ ।
    ciaa akhtiyar

    त्रिभुवन विमानस्थलको ईन्टरनेशल टर्मिनल स्थित वेटिङ रुम लगायतका स्थानका लागि एयर कन्डिसन सिस्टम ‘एसी’ खरिद गर्न भन्दै आह्वान गरिएको टेण्डर प्रक्रियामा मिलेमतो गरेर टेण्डर स्विकृत गरेको भन्दै उनीहरुमाथि छानविन थालिएको अख्तियारले जनाएको छ ।

    ‘सार्वजनिक खरिद ऐन मिचेर सामान खरिद गरेको उजुरी प्राप्त भएपछि हामीले उपाध्याय सहितका केही अधिकारीमाथि छानविन सुरु गरेका छौं’ अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले रातोपाटीसँग भने, ‘खरिद प्रकरणमा संलग्नहरुलाई हामीले अनुसन्धानको दायरामा राखेका छौं ।’

    अख्तियारका अनुसार सवैभन्दा बढी मुल्यको टेण्डर स्वीकृत गर्ने देवानन्द उपाध्याय सहित मेकानिकल शाखा प्रमुख कुलप्रसाद सिंखडा, मेकानिकल शाखाकी प्रभा शर्मा ढकाल तथा खरिद प्रमुख राजेन्द्र पौडेलमाथी छानविन शुरु गरिएको छ ।
    उनीहरुले महंगो मुल्यमा टेण्डर हालेको महाविरश्री ईनटरनेशनलको टेण्डर स्विकृत गर्दा आर्थिक लाभ लिएको उजुरी परेको थियो ।

    त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालय काठमाण्डौले २०७२ भदौमा एयर कन्डिसन खरिदका लागी टेण्डर आह्वान गरेको थियो ।
    उक्त टेण्डर प्रक्रियामा प्राविधीक साथै आर्थिक न्युनतम मुल्यमा आएको कम्पनीहरुलाई पन्छाउँदै नागरीक उड्ययन कार्यालयले महंगो मुल्यमा टेण्डर हालेको महाविरश्री ईन्टरनेशनल प्रा.लि लाई छनोट गरेको थियो ।

    महाविरश्रीलाई मिलेमतोमा एयर कन्डिसन खदिर गर्न अनुमती दिईएको र त्यसबापत ठुलो आर्थिक चलखेल भएको दाबी गर्दै उजुरी परेपछि संसदको सार्वजनिक लेखा समितीले पनि गएको असार तेस्रो साता विमानस्थल नागरिक उड्डयन कार्यालयलाई विवरण उपलब्ध गराउन भन्दै पत्र काटेको थियो

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायमाथि अख्तियारको छानबिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top