728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    शिवजी ! हरिया चुरा मेरा हातैभरि


    काठमाडौँ, ४ साउन - साउनको पहिलो सोमबार पशुपति लगायतका शिवालयमा रातो, पहेलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको घुइँचो लाग्यो। 

    पौराणिक मान्यताअनुसार साउन महिना देवताका पनि देवता महादेव शङ्कर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको विश्वासमा महिलाले यसलाई बढी महत्वको रूपमा लिने गर्छन्। साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस महिनालाई विशेष रूपमा लिइन्छ। प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो, ’शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ।’

    साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ। ’यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो, अधिकारीले भन्नुभयो।

    पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको बडामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति रह्यो। पशुपतिनाथमा भक्तजनको सुविधाका लागि चारै ढोका खुला गरेर आगमन भएकै ढोकाबाटै बहिर्गमन व्यवस्था मिलाइएको थियो।

    साउन महिनाको तेस्रो सोमबारका दिन मात्र बोलबम भक्तजनको उपस्थिति रहने भएकाले पहिलो सोमबार बोलबम बाहेकका भक्तजनको पशुपतिमा भीड थियो। पशुपतिनाथ दर्शन गरेपछि सिफलको भण्डारेश्वरको दर्शन नगर्दा फल पाइन्न भन्ने मान्यताका कारण सिफलस्थित भण्डारेश्वरमा पनि भक्तजनको निकै उपस्थिति रह्यो। आजको गोरखापत्र दैनिकमा खबर छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शिवजी ! हरिया चुरा मेरा हातैभरि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top