हेटौँडा,२ साउन । प्रधानमन्त्री केपी ओलीको समर्थनमा मकवानपुर जिल्लाको हेटौँडामा स्थानीय युवा र साना राजनीतिक दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । आइतबार बिहान करीव ९ बजे हटौँडामा सयौँको संख्यामा सडकमा उत्रिएका युवाहरूले ओलीको पक्षमा नारावाजी गरेको चुरेभावर पार्टीका केन्द्रीय कोषाध्यक्ष राजाराम बोगटीले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी ओलीज्यूले राष्ट्र र राष्ट्रियताको पक्षमा भारतसँग नझुकेर काम गर्नुभएको छ’, बोगटीले भन्नुभयो, ‘हेटौँडामा निकालिएको जुलुस कुनै पार्टी विशेषको होइन । यहाँका स्थानीय युवाले निकालेको स्वस्फुर्त ¥याली हो ।’ राष्ट्रिय झण्डासहित सडकमा आएका युवाले ‘राष्ट्रवादी प्रधानमन्त्री केपी ओली जिन्दावाद’को नारा लगाएका थिए । उनीहरूले भारतीय पक्षको जोडदार विरोध गरेका थिए । प्रदर्शनमा युवतीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ओलीको पक्षमा निकालिएको प्रशर्दनमा एमालेका साथै विभिन्न दलका युवाहरूको पनि सहभागिता रहेको एक सहभागीले जनाए । युवाहरूको जुलुसपछि स्थानीय सीमा चौकमा कोण सभा गरिएको थियो । सभामा बोल्ने वक्ताहरूले भारतीय पक्षमा लागेको विभिन्न नेताहरूलाई दलाली नगर्ने चेतावनी दिएका थिए । ओली सरकार गिराउन संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुलुकका विभिन्न स्थानमा समर्थनमा जुलुस र (याली निस्कने क्रम जारी छन् । -light Nepal

0 comments:
Post a Comment