728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    चक्काजाम गर्न खोज्दा विप्लव माओवादीका ५५ कार्यकर्ता पक्राऊ

    Captureकाठमाडौं । सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै  चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    राजधानीको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए ।  त्यस्तै बुटवलमा सडक संघर्षमा उत्रिएका ३५ पक्राउ परेका छन् ।

    लामाका अनुसार कलंकीबाट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमालसहित सात जना, बालाजुबाट अखिल क्रान्तिकारी काठमाडौं उपत्यका विशेष समन्वय समिति संयोजक लोकेश विक र आकाश भेटवालसहित नौ जना र चाबहिलबाट राष्ट्रिय युवा जनस्वयमसेवक व्युरोका उपाध्यक्ष रबि गोलेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विप्लव माओवादीले आइतबार काठमाडौंमा बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।news24 Nepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चक्काजाम गर्न खोज्दा विप्लव माओवादीका ५५ कार्यकर्ता पक्राऊ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top