साउन २ – इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका मिडफिल्डर एनगोलो कान्टे चेल्सीमा अनुबन्धित भएका छन् ।
चेल्सीले कोन्टेलाई तीन करोड पाउण्ड अर्थात चार अर्ब २४ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । कोन्टेले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन् । कोन्टे गएको सिजन फ्रेन्च लिग वान क्लब कानबाट ६० लाख पाउण्ड अर्थात झण्डै ८५ करोड नेपाली रुपैयाँमा लिसेस्टरमा आएका थिए ।
लिसेस्टरबाट उनले ४० खेल खेले । २५ वर्षका कोन्टे केही समय अघि मात्रै सकिएको युरोकपमा फ्रान्सको टिममा थिए । चेल्सीमा अनुबन्ध भएपछि कान्टेले प्रिमियर लिगको ठूलो क्लबबाट खेल्ने आफ्नो सपना पूरा भएको बताए ।
0 comments:
Post a Comment